चितवन । चितवनको ज्यामिरेमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । पुर्विचितवनको खैरहनी नगरपालिका वडा नम्बर १ सिमलघारी स्थित आफ्नै घरको कोठाभित्र घाटीमा पासो लगाएको अवस्था एक महिलाको शव फेला परेको छ । कोठाभित्र रहेको धराजको समाउने मुठीमा सलबाधी घाटीमा पासो लगाएको अवस्था ४२ वर्षिय लक्ष्मी मिजारको शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए । उनले आत्महत्या गरेको हो वा उनको हत्या भएको हो भन्ने बारे अहिले केही भन्न नसकिने प्रवक्ता अधिकारीले बताए । पोष्टमार्टम रिपोर्ट पश्चात मात्रै घटनाको विषयमा प्रष्ट हुने उनले बताए । शवलाई पोष्टमार्टमको लागि भरतपुर लगिएको छ ।
यता स्थानीय तथा आफन्तले भने लक्ष्मीको हत्या भएको दावी गरेका छन् । दराजमा पासो लगाएर आत्महत्या गर्न सम्भव नहुने भन्दै उनको पतिले नै हत्या गरेको स्थानीय तथा आफन्तको आरोप छ । प्रहरीले मृतकको श्रीमानलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।



उज्यालो खबर




