×

गैँडाकोट । नेपाली काँग्रेसका युवा नेता तथा महासमिति सदस्य गणेश सापकोटाले नवलपुर क्षेत्र नं. १ को राजनीति बाट विदा हुन डा. शंसाक कोइरालालाई आग्रह गरेका छन् । अव नवलपुरकाे विकास गर्ने जिम्मेवारी  युवाहरुकाे काँधमा आएकाेले साे  कामका लागि आफुहरु तयार भएर बसेकाे बताए ।

नवलपुर  “१” बाट २०६४ सालदेखि लगातार चुनाव जितेर सासंद बनेका कोइरालाले यस क्षेत्रको विकासका लागि ठोस योगदान दिन नसकेको, चुनाव जितेर गएपनि समस्याहरु जस्ताको त्यस्तै रहेको भन्दै सापकोटाले  नेतृत्व हस्तान्तरण गर्न कोइरालालाई  चेतावनी दिए ।

नवलपरको गैँडाकोटमा नेविसंघ पालिका समन्वय समिति र शुसील कोइराला सोसलिष्ट युथ सर्कलले आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा सहभागी डा. कोइरालालाई सोहि मञ्चका बक्ता सापकोटाले अव पनि यहि क्षेत्रबाट उमेदवार बन्ने खोजे मान्य नहुने संकेत गरे ।

युवा नेता सापकोटाले चेतावनीपूर्ण शैलीमा भने – “डा. कोइराला तपाई हाम्रो नेता हो,तपाईले पटक पटक भन्नुहुन्छ मेरा थुप्रै सपनाहरु छन्, डा.साप म तपाइलाई भन्न चाहन्छु अव तपाईले नेतृत्व सुम्पन तयार हुनुपर्छ ।”

तपाईको प्रतिक्रिया