×

गैँडाकोट । विश्व स्तनपान दिवसको अवसरमा नवलपुरका गर्भवती,सुत्केरी र २ वर्ष भित्रका सुत्केरी भएका आमाहरुका विचमा स्तनपानको महत्व र यसका प्रभावका बारेमा छलफल गरिएको छ ।गैँडाकोट नगरपालिका वडा नं. ९ को सभाहलमा आयोजित कार्यक्रममा स्तनपानको महत्व, विधी र पोषणका सन्दर्भमा  छलफल गरिएको वडा अध्यक्ष धामनाथ सापकोटाले जानकारी दिनुभयो ।

सो अवसरमा बच्चाहरुको बृद्धिको अवस्था समेत हेरिएको थियो । २५ जना बच्चाहरुको बृद्धि अनुगमन गरिएकोमा एकजनामा कडा खालको कुपोषण (रातो) एकजनामा मध्यमखालको कुपोषण (पहेलो) र २३ जना हरियो ग्रेडमा (स्वस्थ )  रहेको पाइएको सापकोटाले बताउनुभयो ।

गैँडाकोट ९ का वडाअध्यक्ष धामनाथ सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य सेवा केन्द्र प्रमुख शोभाप्रसाद आचार्य, भगवती पौडेल ,सुआहारा कार्यक्रमका ललिता गिरी, श्वेता सुमन भट्टराई,सरस्वती सापकोटा लगायतले धारणा राख्‍नुका  साथै सहजीकरण गर्नुभएको कार्यक्रममा ४२ जना आमाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया