गैँडाकोट । नवलपुरको गैँडाकोटमा स्थानीयहरुको घरमा पसेर नगद, गरगहना र मोबाइल चोरी गर्दै आएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका वडा नं. २ भृकुटीचोकका का ३५ वर्षका शरद गुरुङ र वडा नं. २ शिल्यान्यास चोकका १९ वर्षका जंगे भनेर चिनिने अमित कुमाल रहेका छन् ।
गुरुङ र कुमालकै मिलेमतोमा गैँडाकोटका विभिन्न वडाहरुमा चोरी डकैती हुँदै आएको प्रहरीले जनाएको छ । उनिहरुले घरको ताल्चा फोडेर नगद सहित गरगहना तथा मोबाइल फोन लगेको प्रहरीको भनाई छ ।पक्राउ परेका गुरुङ लामो समयदेखि चोरी गर्दै हिड्ने गरेको अनुसन्धानले देखाएको छ । सर्वसाधरणले घरको सुरक्षाका लागि लगाउने गरेको ताल्चा उनिहरुले सजिलै तोड्ने गरेको समेत बताएका छन् ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक प्रशान्त श्रेष्ठका अनुसार उनिहरुले चोरी गरेको गरगहना समेत बेचेको स्वीकार गरेका छन् । गहना कहाँ कसरी बेचे भन्ने बारेमा अनुसन्धान भैरहेको छ । पक्राउ परेका दुवैलाई आज अदालत लगेर म्याद थप गरि चोरीमुद्धामा अनुसन्धान गर्ने बताइएको छ ।



उज्यालो खबर




