×

चितवन – पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तार अन्तर्गत ट्रान्सफर्मर स्थानान्तरणका लागि भोलि (शनिबार)  भरतपुरका बिभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तर्गत ६ लेन सडकको नेपाली सेनाको ब्यारेक र सिजी ल्याण्डमार्क अगाडिको ट्रान्सफर्मर सार्न लागिएको हो । ट्रान्सफर्मर स्थानान्तरणका लागि भोलि बिहान ९ देखि अपरान्ह ४ बजेसम्म नारायणगढ फिडर बन्द रहने विद्युत कार्यालयले जानकारी दिएको छ ।

कार्यालय अनुसार नारायणगढ फिडर अन्तर्गत बाह्रघरे क्षेत्रमा दिनभर विद्युत सेवा अवरुद्ध हुनेछ । यस्तै भरतपुर २ फिडर पनि दुई घण्टाका लागि बन्द रहने कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया