×

चितवन । चितवनमा आज  यसबर्षकै सबैभन्दा धेरै गर्मी भएको छ । भरतपुर नागरिक उड्यान कार्यालयले दिएको जानकारी अनुसार आजको तापक्रम यसबर्षकै सबैभन्दा धेरै ३८ डिग्री सेल्सियस पुगेको छ । चितवनमा केही दिनदेखि गर्मी बढ्दै गएको छ । बुधबार चितवनको तापक्रम ३७ डिग्री सेल्सियस रेहेको थियो ।

चितवनमा अधिकतम ४० डिग्री सेल्सियस सम्म तापक्रम पुग्ने गरेको छ । दिन प्रतिदिन गर्मी बढ्न थालेपछि चितवनको जनजीवन प्रभावित बन्न थालेको छ । तापक्रम बढ्दै गएपछि दिउँसोको समयमा मानिसहरु हिडडुल समेत समस्या भएको छ। मध्य तराईमा पर्ने चितवनमा निकै गर्मी हुने गरेको छ ।पटक पटक विद्युत अवरुद्ध हुँदा घरभित्र बस्न पनि कठिनाई भइरहेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया