काठमाडौं। मंगलबार देशका चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
अहिले बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।दिउँसो देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
राति देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।भोलि बुधबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती देशभर आँशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।यस्तै बिहिबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, लुम्बिनी तथा गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
प्रदेश १, गण्डकी , सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले पहाडी भू-भागमा भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ।नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

उज्यालो खबर