नवलपुर । गण्डकी प्रदेशले मुख्यमन्त्रीसहित मन्त्रीहरूका आमाबुवाका नाममा घोषणा गरेको कार्यक्रम कार्यान्वयन नगर्ने भएको छ। ती कार्यक्रमका लागि विनियोजित बजेट प्राथमिकताका अन्य क्षेत्रमा खर्च गरिने मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।
मुख्यमन्त्री र मन्त्रीका आमाबुवाका नाममा कार्यक्रम घोषणा गरेर बजेट खर्च गर्न लागेको भन्दै विरोध भएपछि मुख्यमन्त्रीको निजी सचिवालयले आइतबार विज्ञप्ति जारी गर्दै त्यसलाई सच्याउन लागेको जानकारी दिएको हो।
यस्ता कार्यक्रम र बजेटका सम्बन्धमा नागरिक स्तरबाट असन्तुष्टि व्यक्त भएपछि मुख्यमन्त्रीको ध्यानाकर्षण भएको र आमनागरिकको भावना कदर गर्दै यी र यस्ता कार्यक्रममा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउनु सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ।विज्ञप्तिमा मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले हस्ताक्षर गरेका छन्।
प्रदेश सरकारले आर्थिक वर्ष २०७/८० को बजेटमा गोवर्द्धन शर्मा स्मृति कोष, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस भवन निर्माण, पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी ट्रस्ट, डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठान भवन निर्माण, अमृत जोशी स्मृति पार्क लगायत कार्यक्रमका लागि बजेट विनियोजन गरेको थियो।



उज्यालो खबर




