×

गैँडाकोट । नवलपुरको गैँडाकोट ४ का ४६ बर्षका  लुमकान्त गैरे मृत अवस्थामा भेटिएका छन् । मौलाकालिका सामुदायिक वनमा गैरे मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
असार २१ गतेदेखि हराइरेहका गैरे गैँडाकोट १ को मौलाकालिका सामुदायिक वनको मोहन चौतारीदेखि केहि भित्र भोटेखोला क्षेत्रमा मृत अवस्थामा फेला परेका हुन् ।
विहान स्थानीयले शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए । भरतपुर अस्पतालमा पोष्ट मार्टम गरेपछि शव आजै परिवारले बुझेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया