×

नवलपुर । पूर्वि नवलपरासीको अरुणखोला दुम्कीबास सडकखण्डमा डाईभर्सन बगाएपछि विहान ६ वजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको छ ।मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिका क्षेत्रभित्र पर्ने तीनवटा अस्थायी डाईभर्सन स्थानीय खहरेखोलामा आएको बाढीले बगाएपछि राजमार्ग ठप्प बनेको थियो ।

नेपाल प्रहरी र सडक विभागको समन्वयमा अवरुद्ध सडक  बिहान ३ बजेदेखि  सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय दुम्कीवासका प्रहरी निरीक्षक राम नारायण गुप्ताले उज्यालो खबरलाई जानकारी दिए ।डाईभर्सन बनाएर सडक सुचारु गरिएपछि गन्तव्यका लागि रोकिएका सयौ सवारीसाधनहरु चल्न थालेका छन् ।

प्रहरीले सडकमा सवारीसाधनको चाप अध्याधिक भएकोले लेन अनुसासन कायम गर्दै सवारी चलाउन अनुरोध गरेको छ । मुख्यराजमार्ग अवरुद्ध हुँदा सयौ सवारीसाधन र यात्रुहरुले सास्ती व्यहोर्नुपरेको थियो ।

तपाईको प्रतिक्रिया