चितवन–चितवनमा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।आइतबार भरतपुर महानगरपालिका–८ घर भई हाल भरतपुर–५ मा डेरा गरि बस्ने वर्ष ३२ का प्रकाश विक लाई प्रहरीले पेस्तोलसहित कोठाबाट पक्राउ गरेको हो ।
गत जेठ २३ गते भरतपुर–४ बाट कटुवा पेस्तोलसहित पक्राउ परेका दिपक पुन मगरलाई पक्राउ गरि अनुसन्धान गरिरहेको बेला वि।क।लाई पक्राउ गरिएको हो । वि।क।को कोठा खनतलासी गर्दा कटुवा पेस्तोलसहितका विभिन्न सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली २ राउन्ड, १ लाख १४ हजार रुपैयाँ नगद, सुनको लकेट सहितको सिक्री एक थान, मोवाईलहरु ५ थान बरामद गरिएको छ ।वि।क।लाई अदालतबाट म्याद अनुमति लिइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी हातहतियार खरखजना कसुरमा थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।



उज्यालो खबर




