गैँडाकोट । विश्व धूम्रपानपान रहित दिवस २०७९ को अवसरमा नवलपुरको गैँडाकोटमा विद्यार्थीहरुले सचेतनामूलक र्याली निकालेका छन् । गैँडाकोट नगरपालिका वडा नं. १० भैसाखोरीमा अवस्थित किड्स होम एकेडमीका विद्यार्थीहरुले सचेतनामूलक र्याली निकालेका हुन् ।
विद्यालय परिसरबाट निकालिएको र्याली स्कुलचोक हुँदै भेँडाबारी बजारको परिक्रमा गरि पुन : विद्यालयमा आएर समापन भएको विद्यालयका प्राचार्य दल कुमारी थनेतले जानकारी दिनुभयो । कक्षा ४ देखि ८ सम्मका विद्यार्थीहरु र्यालीमा सहभागी रहेका थिए ।
उनिहरुले धूम्रपान स्वास्थ्यको लागि हानिकारक छ, ध्रुमपान त्यागौँ, स्वस्थ्य रहौं, लगायतका नारा लेखेका प्लेकार्डहरु बोकेका थिए ।




उज्यालो खबर




