चितवन- बाल यौन दुर्ब्यबहार गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चितवनको भरतपुर–१३ का ५८ वर्षीय फणिन्द्र भटट्राई र ५२ वर्षीय विमल प्रसाद देवकोटा रहेका छन् ।भरतपुर १३ स्थित श्री माध्यमिक बिधालय गंगानगरका छात्राहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।
उनका अनुसार कक्षा ४ मा अध्ययनरत १३ वर्षीया नाबालिकालाई शिक्षक भट्टराईले र सोही बिधालयमा कक्षा ६ मा अध्यनरत १२ वर्षीया अर्की नाबालिकलाई शिक्षक देबकोटाले यौन दुव्र्यवहार गरेको भनि बिहीबार निजहरुविरुद्ध जाहेरी परेको हो ।
‘कक्षामा पढाउने क्रममा बिभीन्न बहाना बनाई संबेदनशिल अंगमा सुम्सुम्याउने, हात लगाउने गरेको भनी निज दुबै नाबालिकाको अभिभावकले बाल यौन दुरुपयोग मुद्दामा जाहेरी दरखास्त दिएपछि पक्राउ गरिएको डिएसपी अधिकारीले बताए । पक्राउ परेका शिक्षकद्धयलाई शुक्रबार चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको अधिकारीले बताए ।



उज्यालो खबर




