नवलपुर । नवलपरासी (पूर्व) को गैँडाकोट नगरपालिका वडा नं. ३ मा रहेको भोक्रोफाँटका ८५ जना स्थानीयहरु काँग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेकाछन् । गाउँका अगुवा युवा विनोद गर्जा मगरको नेतृत्वमा सो गाँउका ८५ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
नेकपा एमालेका जिल्ला सदस्य गिरीराज उपाध्यायले स्थानीय युवा अगुवा विनोद गर्जा मगरको नेतृत्वमा गाउँका ८५ जना स्थानीयहरु एमालेमा प्रवेश गरेको जानकारी दिनुभयो ।काँग्रेस परित्याग गरि एमाले प्रवेश गर्नेहरुमा चन्द्र बहादुर थापा, पवित्रा थापा, भिमराज थापा , जुठे थापा, टेक बहादुर गर्जा मगर, पारश थापा लाल बहादुर माकिम, गोपाल पुलामी, विनोद मगर लगायत रहेका छन् ।
नेकपा एमाले गैँडाकोटको आयोजनामा भएको बहृत पार्टि प्रवेश कार्यक्रम मार्फत उनिहरु काँग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् । पार्टि प्रवेश गर्नेहरुलाई स्वागत गर्दै एमाले केन्द्रीय सदस्य तथा नवलपुर ईन्चार्ज तिलक बहादुर महतले कालीगण्डकी करिडोर सडकको योजना एमालेको नेतृत्वको सरकारले ल्याएको भन्दै भोक्रोफाँटका स्थानीयहरुको मुहार फेर्नका लागि एमालेनै आवश्यक रहेको बताउनुुभयो । आगामी स्थानीय तहको निर्वाचनमा एमालेका उमेदवारलाई भारी मतले जिताउन आग्रह गर्दै उहाँले विभिन्न झुट्टा आश्वासन र भुलभुलैयामा पर्न नहुने बताउनुभयो ।
नेकपा एमालेका नगर अध्यक्ष षडानन्द लामिछानेको अध्यक्षता तथा संघीय सांसद तथा एमाले नवलपुरका ईन्चार्ज तिलक बहादुर महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज रविन्द्र अधिकारी, प्रदेश कमिटी सदस्य कृष्ण घिमिरे, रोशन बहादुर गाहा मगर, एमाले जिल्ला उपसचिव यमुनाथ आचार्य, प्रदेश संयोजक (क) ज्ञानहरी पौडेल, जिल्ला सदस्य तथा गैँडाकोटका मेयर छत्रराज पौडेल, जिल्ला सदस्य गिरीराज उपाध्याय, रामुकान्त अर्याल, राष्टिय युवासंघका जिल्ला अध्यक्ष कृष्ण कंडेल, नगर अध्यक्ष विनोद कंडेल लगायतको उपस्थिति रहेको थियो ।



उज्यालो खबर




