×

गैँडाकोट । आकृतिस्वीकृती ब्युटी ट्रेनिङ सेन्टर गैँडाकोटको आयोजनामा वाटर प्रुफ मेकअप र रसियन हेयर स्टाईल तालिम आजदेखि भरतपुरमा सुरु भएको छ ।भरतपुरको होटल सीएमटीमा आजदेखि सुरु भएको सो तालिम आठदिनसम्म चल्ने आकृतिस्वीकृती ब्युटी ट्रेनिङ सेन्टरका सञ्चालक लक्ष्मी पोखरेलले बताउनुभयो ।

चितवन र नवलपुरका १७ जना ब्यूटीसियनहरु सहभागी सो तालिममा सातदिनसम्म रसिएन हेयरस्टाईल र एकदिन वाटरप्रुफ मेकअप सम्बन्धी तालिम दिइने छ ।लामो समयदेखि ब्युटी पार्लर व्यवसाय सञ्चालन गरेर बसेका महिलाहरुका लागि पेशामा थप दक्ष बनाउन तालिमले सहयोग पुर्याउने अपेक्षा लिइएको छ ।

नवलपुर र यस आसपासकाे लाेकप्रिय आकृतिस्वीकृती ब्युटी ट्रेनिङ सेन्टरले बेलाबखत ब्यूटिसीएनहरुकाे लागि क्षमता अभिबृद्धि गर्नका लागि  एडभान्स  किसिमका तालिमहरु संचालन गर्दै आएकाे छ ।

तपाईको प्रतिक्रिया