×

काठमान्डौ ।  निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) को १५ औ राष्टिय महाधिवेशनमा नवलपुरका शैक्षिक व्यक्तित्व राजेन्द्र पौडेलले केन्द्रीय सदस्य पदमा उमेदवारी दिनुभएको छ ।यहि चैत्र ९ र १० गते हुन काठमान्डौमा हुन गैरेहको महाधिवेशनमा  पौडेलले केन्द्रीय सदस्य पदमा उमेदवारी दिनुभएको हो ।

प्याब्सनका बाहालवाला केन्द्रीय सदस्य समेत रहनुभएका पौडेल गैँडाकोटको मुकुन्दशेन ईङलिस बोडिङ स्कुलका प्रिन्सीपल समेत हुनुहुन्छ । लामो समयदेखि जिल्ला प्रदेश र केन्द्रका विभिन्न भूमिकामा रहेर निजि विद्यालयहरुका समस्या समाधानका लागि प्रयासरत उहाँले राज्यले गरेका विभेदकारी नितीहरुलाई हटाउनको लागि ,थप पहल गर्न आफुले उमेदवारी दिएको बताउनुभयो ।

निजी विद्यालयहरुमा थुप्रै समस्याहरु ती समस्याहरुलाई समाधान गर्न मैले फेरिपनि प्याब्सनको भुमिकामै रहेर काम गर्नुपर्ने देखियो उहाँले भन्नुभयो : देशभरबाट आउने प्रतिनिधिहरुको मत पाउनेमा म ढुक्क छु।२० वर्षदेखि प्याब्सनमा आवद्ध पौडेल विस २०७१ सालमा देशभरबाटै राष्टिय शिक्षा पुरस्कार पाउने व्यक्ति हुनुहुन्छ । त्यसका साथै उहाँले त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडल प्राप्त गर्न समेत सफल हुनुभएको थियो ।

काठमाडौको राष्टिय प्रज्ञा प्रतिष्ठानमा चैत्र ९ र १० गते सम्पन्न हुने प्याब्सनको राष्टिय महाधिवेशनले २७ पदाधिकारी र ३९ केन्द्रीय सदस्य सहित ६६ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । पन्ध्रौ राष्टिय महाधिवेशनका लागि देशभरबाट २३७६ प्रतिनिधिहरु सहभागी हुने प्याब्सनले जनाएको छ ।

तपाईको प्रतिक्रिया