×

कावासोती। नवलपुरको देवचुली नगरपालिका १५ धौलागिरी चोकमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । तीन जना घाईते भएका छन् ।अस्थाई प्रहरी पोष्ट दलदलेले दिएको जानकारी अनुसार पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आँउदै गरेको लु१ ख ४३१९ नं।को बस (काठमाण्डौबाट बुटवल ) र विपरित दिशाबाट जादै गरेको ना ६ ख १७२१ नं।को ट्रक एकआपसमा ठक्कर खादा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बसमा सवार रूपन्देही खैरेनी सुर्यापुरा गाउपालिका ३ बस्ने वर्ष ३७ की माया देवी पाण्डे रहनुभएको प्रहरीले जनाएको छ । उहाँको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै घाईते हुनेमा उहाँ श्रीमान मृत्यु हुनेमा बसमा सवार रुपन्देही खैरेनी सुर्यापुरा गाउपालिका ३ बस्ने वर्ष ३७ की माया देवी पाण्डे रहनुभएको प्रहरीले जनाएको छ । उहाँको नयां मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृतयु भएको हो ।

तपाईको प्रतिक्रिया