×

गोविन्द घिमिरे 

नवलपुर । स्थानीय तहको निर्वाचन भएपछि जनप्रतिनिधिले आफ्नो तलब आफैं निर्धारण गरेका छन्। कतै उक्त तलब थोरै भयो भन्ने आवाज सुनिएका छन् त कतै तलब लिनुहुन्न भन्ने वहस पनि चलिरहेको छ। जिल्लाका अधिकांश स्थानीय तहका जनप्रतिनिधि महंगा गाडीमा शयर हुन्छन्। राज्यकोषबाट तलब बुझ्छन्।औपचारिक कार्यक्रमा भाषण गरेर पाँचवर्ष गुजार्न लागेका छन् ।

सरकारी खर्चमा किनेका गाडीमा इन्धन, चालक र मर्मत खर्च छुट्टै छ। तर, नेपाली काँग्रेसबाट निर्वाचित गैँडाकोट नगरपालिका वडा नं. ९ का वडा सदस्य धामनाथ सापकोटाले तलवभत्ता बापत बुझेको सबै रकम समाजसेवामा खर्च गर्नुभएको छ। सापकोटाले जनप्रतिनिधिमा निर्वाचित भएर आएदेखि हालसम्म ६ लाख २९ हजार ३ सय ५७ रुपैया सामाजिक काममा खर्च गर्नुभएको छ ।

राज्यकोषबाट बुझेको तलव मात्रै नभएर युवा समाजसेवी सापकोटाले आफै ब्यक्तिगत खर्चमा समेत समाजसेवाको क्षेत्रमा रकम उपलव्ध गराउनुुभएको छ ।उहाँ भन्नुहुन्छ ,‘जनप्रतिनिधी कर्मचारी होईन। स्थानीय माग र आवश्यकता अनुसारका क्रियाकलाप गर्ने हो। तलब तथा सेवा सुविधा लिएर दैनिक हाजिर गरेर १० देखी ४ बजेसम्ममात्र काम गर्ने होईन।’ उहाँले आफूले भोट माग्दा जनतासमक्ष जाँदा गरेको वाचा अनुसार समाजसेवामै दैनिक रुपमा समय विताएको बताउनुभयाे ।

३७ वर्षीय युवा समाजसेवी सापकोटाले आगामी वर्ष गरिव तथा जेहेन्दार विद्यार्थीहरु पहिचान गरि आफैले पठनपाठनको व्यवस्था मिलाउने तयारी समेत रहेको बताउनुभयो । त्यसैगरी नगरभित्र रहेका गरिव तथा विपन्न परिवारका लागि झुल वितरण गर्ने योजना रहेको समेत बताउनुभएको छ ।

सापकोटा जनप्रतिनिधिको रुपमा निर्वाचित भएर  आएपछि गर्नुभएका सहयोग शिर्षक र रकम निम्नानुसार छन् ।

१।गैँडाकोट नगरपालिका वडा नं. ९ मा रहेको नवजागरण विकासकेन्द्रमा प्याराफिट निर्माणको लागी रु. १ लाख ११ हजार १ सय ११

२।कोरोना कहरका कारण वडामा रासायनिक मलको अभाव हुँदा कृषकहरुलाई मल खरिदका लागि रु १ लाख १११

३। स्थानीय मृगौला पिडीत रमेश दर्लामी मगरको उपचारका लागि रु. १० हजार

४। अन्नपुर्ण धनेश्वरी महादेव मन्दिर निर्माणको लागि रु‍. ३१ हजार १ सय ३५

५।गैँडाकोट वडा नं. ९ निवासी मृगौला पिडीत मनु कुमालको उपचारका लागि रु. १५,०००/-

६। गैँडाकोट नगरपालिका वडा नं ९ मा निर्माणाधीन हनुमान मन्दिर निर्माणका लागि रु.१ लाख १ सय ११

७ । कोरोना कहरका वेला दुखी असाहयहरुका लागि खाद्यान्न सहयोगका लागि रु ५०,०००/-

८ । जैनीटार टोलविकास संस्था सञ्चालनका लागि आर्थिक सहयोग रु. ३०,०००/-

९ । बाँधखोला टोलविकास संस्था सञ्चालनका लागि रु. १०,०००/-

१० । स्थानीय नमुना सांस्कृतिक  समुहले आयोजना गरेको सास्कृतिक कार्यक्रममा लागि रु. २०,००० सहयोग ।

११ । बाँधखोला टोलविकास संस्थामा सडक वत्ती जडाकनका लागि रु ५०,०००/-

१२ । हरीऊँ सत्सगं मार्गमा ग्राभेल विच्छाउनका लागि रु .१२,०००/-

१३। नेपाली काँग्रेस पार्टीको लागि लेवी शुल्क बापत रु. ६०,०००/-

१४ । गैँडाकोटमा हालै सम्पन्न राष्टिय स्तरको मेयरकम क्रिकेट प्रतियोगिताको लागि रु. ३०,०००/-

निर्वाचनका बेला जनता समक्ष गरेका बाचा अधिकांश जनप्रतिनिधिले भुल्ने परम्परा बसेको छ लामो समय जनप्रतिनिधि विहीन बनेका जनता जनप्रतिनिधि आएपछि खुसी हुनु स्वाभाविक हो। तर अधिकांश जनप्रतिनिधि निर्वाचनमा जनता समक्ष गरेका बाचा पूरा गर्नुको सट्टा आफ्ना परिवार र आफन्तको भरणपोषणमा तल्लिन भइरहेका बेला  नवलपुरकाे   गैँडाकाेट नगरपालिकाका वडा नं‌ ९ का  जनप्रतिनिधी धामनाथ सापकोटा भने उदाहरण बन्नुभएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया