×

नवलपुर । नवलपरासी (पूर्व)को गैँडाकोटमा अवस्थित गैँडाकोट ईङलिस स्कुलले अत्याधुुनिक(सूविधासम्पन्न)भवनबाट कक्षा सञ्चालन गरेको छ । जिल्लाको गैँडाकोट नगरपालिका वडा नं. २ मा रहेको सो स्कुुलले नयाँ भवनबाट पढाई सञ्चालन गरेको हो ।विद्यालयका प्रिन्सिपल हिरालाल अर्यालले विद्यार्थीहरुलाई सुरक्षित तवरले सिकाई सिक्न सहज होस भन्ने उदेश्यले विद्यालयले नयाँ भवनको परिकल्पना अगाडी सारेर भवन निर्माण सम्पन्न गरेको बताउनुभयो ।

गुुणस्तरीय शिक्षाका अतिरिक्त विद्यालय सञ्चालनका लागि हुनुपर्ने भवनको मापदण्ड पुरा गरेर नयाँ ब्लकबाट पढाई सुरु गरिएको हो । अर्यालले भन्नुभयो : हामिले हाललाई कक्षा ४ देखि १२ कक्षासम्मका विद्यार्थीहरुलाई नयाँँ भवनबाट पठनपाठन सुरु गराएका छौ ; केहि महिनाभित्रै प्लेग्रुप देखि नै सबै विद्यार्थीहरुका लागि एउटै ब्लकमा राखेर पढाई सुरु गराउने योजना छ ।

उज्यालो र बातानुकुलित २८ वटा कोठाहरु तयार भएका छन् भने १० वटा कक्षा कोठाहरुको निर्माणको काम अन्तिम चरणमा पुगेको स्कुलले जनाएको छ । स्कुलका हरेक कक्षाकोठाहरुमा चारवटा झ्याल र दुुईवटा ढोका राखेर उज्यालो दिइएको छ ।गैँडाकोट नगरपालिकाको पहिलो बालमैत्री विद्यालयका रुपमा पहिचान बनाएको स्कुलले दुई दुईपटक अन्तराष्टिय स्कुल अवार्ड प्राप्त गरि नवलपुर र यस आसपासको क्षेत्रमा आफ्नो पहिचानलाई बलियो बनाएको छ ।

गैँडाकोट ईङलिस स्कुलमा एउटै शैक्षणीक विधीबाट पठनपाठन हुने गरेको छ भने अध्यापनका क्रममा शैक्षीक सामाग्रीको अधिक प्रयोग गर्ने गरिएको छ ।एक विगाहा क्षेत्रफलमा फैलिएको सो स्कुलमा नवलपुर र चितवनका विभिन्न स्थानका एघार सय  विद्यार्थीहरु अध्ययनरत छन् भने शिक्षक तथा कर्मचारी गरि ८० जना कार्यरत छन् ।

तपाईको प्रतिक्रिया