सुस्मा न्यौपाने
नवलपुर । आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमालेले नवलपरासी(पूर्व)को गैँडाकोटमा चुनाव केन्द्रित अभियान सुरु गरेको छ । गैँडाकोटका विभिन्न वडाहरुमा टोल कमिटी गठन मार्फत सागंठानीक अभियान सुरु गरेको एमालेले मंगलबार विहान गैँडाकोटमा निर्वाचन परिचालन सम्पर्क कार्यालयको उद्घाटन गरेको हो ।
नेकपा एमाले गैँडाकोट वडा नं. ८ ले स्थानीय चुनावलाई केन्द्रित गरि निर्वाचन परिचालन सम्पर्क कार्यालय स्थापना गरेको हो । एमाले गैँडाकोट ८ का अध्यक्ष श्रीहरी चालिसेको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य कृष्ण पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य कृष्ण घिमिरे,जिल्ला उपसचिव यमुनाथ आचार्य, गैँडाकोट नगरपालिकाका मेयर समेत रहेका नेता छत्रराज पौडेल, जिल्ला स्तरका नेताहरुका ज्ञानहरी पौडेल,शिवहरी पौडेल, गोपाल गौतम, सुभास चापागाई लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दैै नेताहरुले आगामी बैसाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई जिताउका लागि आजैदेखि लाग्नुपर्ने बताउनुभयाे । जनताको मतबाट नभइ परामादेशबाट बनेको सरकारले जनजिविकाका पक्षका काम गर्न नसकेको भन्दै जनताको न्यूनतम आवश्यकता पूरा गर्नका लागि पनि एमालेको नेतृत्व हुनुपर्नेमा जोड दिए । जनताको घरदैलोमा पुगेर पार्टिका विचार र आगामी योजनाहरुबारे सर्वसाधरणलाई बुझाउनुपर्ने बेला आएको नेताहरुको भनाई थियो ।
कार्यक्रममा नेकपा एमाले गैँडाकोट ८ का अध्यक्ष श्रीहरी चालिसेले कार्यविवरण सहित आगामी लक्ष्य तथा योजनाहरु प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष चालिसेले कार्यकर्ता प्रशिक्षण, वडा योजना निर्माण तथा कार्यशादा गोष्ठी, वडा प्रोफाईल निर्मााण, चुनावी योजना, जनवर्गीय संगठन विस्तार तथा पार्टीको वडा कार्यालयलाई अध्ययन केन्द्रको रुपमा समेत विकास गर्न सकिने योजनाहरु रहेको बताउनुभयो ।




उज्यालो खबर




