नेपाली काँग्रेस चितवनको पार्टी सभापतिका उमेदवार राजेश्वर खनालले डा. शेखर समूहबाट आफ्नो उमेदवारी रहेको प्रष्ट पारेका छन । नारायणी कला मन्दिरमा उमेदवारी दर्तापछि भरतपुरमा आयोजित कार्यक्रममा बोल्दै खनालले उक्त कुरा प्रष्ट पारेका हुन ।
बिगतदेखि नै आफु पूर्व संस्थापन समूहमा आवद्ध रहेकाले सोहि समूहबाट उमेदवार बन्नु स्वभाविक रहेको खनालको भनाई छ । उमेदवारी जुनसुकै बिचार समूहबाट भएतापनि सबै पक्षको मत आफूले प्राप्त गर्ने खनालको बिश्वास छ ।
यसपटक चितवनमा पार्टी केन्द्रका सभापति शेरबहादुर देउवाका समर्थकले समेत आफुलाई मत हाल्ने खनालको दाबी छ । चुनावी दौरानमा कसैले कसैको तेजवद गर्न नहुने भन्दै खनालले भने – ‘म त्यस्ता कामको सख्त खिलापमा छु ।’
पार्टी सभापतिमा आफुले जिते काँग्रेस सबै कार्यकर्ताको साझा पार्टी बन्ने खनालले उद्घोष गरे । चितवन मिडटाउन रिसोर्टमा आयोजित घोषणा सभामा सयौँको संख्यामा खनालका समर्थक र शुभेच्छुकको उपस्थिति थियो ।



उज्यालो खबर




