×

नवलपुर । नेपाली काँग्रेस नवलपुरको फागुुन १९ गते तय भएको १४ औं जिल्ला अधिवेशनको तयारी अन्तीम चरणमा पुगेको छ । सभापति पदका लागि नेताहरुले आन्तरिक रुपमा प्रचारप्रसार अभियानलाइ तिव्र पारेका छन् ।

यसै क्रममा काँग्रेस नवलपुरका पाका नेता महेन्द्रध्वज जिसीले सवल र संगठीत काँग्रेस निर्माणका लागि आफुले उमेद्वारी दिने बताउनुभएको छ । उज्यालोखबर सँग कुरागर्दै नेता जिसीले ४२ वर्षको राजनैतिक र सामाजिक सेवामा सकृय भएको हिसावले समेत आफुलाइ महाधिवेशनको क्रममा प्रतिनिधीहरुले न्याय गर्ने बताउनुभयो ।

“मैले पार्टिको विभिन्न पदमा रहेर गरेको योगदानको चर्चा गर्नुभन्दा मैले गर्नुभन्दा अधिवेशनको क्रममा प्रतिनिधीहरुले गर्नुहुने विश्वास मैले लिएको छु उहाँले भन्नुभयो ” । काँग्रेसमा निष्ठा र त्यागको राजनीति भन्दा पृथक बिकृति विसंगति र अराजकता मौलाएको भन्दै सभापति पदका उमेदवार जिसीले त्यसलाई हटाएमा मात्रै काँग्रेस बलियो हुने बताउनुभयो ।

सकेसम्म सहमतिकै आधारमा नयाँ नेतृत्व छनौटको प्रयास गरिने भन्दै उहाँले त्यो हुन नसके लोकतान्त्रीक विधी मार्फत नयाँ नेतृत्व चयन हुने बताउनुुभयो । अधिवेशनका समयमा समय अभावका कारण सबै प्रतिनिधीहरुका घरदैलोमा पुग्न नसकेको भन्दै उहाँले आगामी दिनमा कार्यकर्ताको राय सुझाव बमोजिम पार्टी सञ्चालन गर्ने बताउनुभयो ।

काँग्रेस नेता शेखर कोईराला र डाक्टर शंसाक कोईराला समूहबाट नवलपुरको काँग्रेस सभापतिको रुपमा आउन खोजेका नेता जिसी चर्चामा आएका मध्ये सबैभन्दा बलियो उमेद्वार हुन् ।कवासोतीको लुम्विनी कलेजमा १९७३ जना प्रतिनिधीले मत हालेर नयाँ नेतृत्व छनौट गर्ने कार्यक्रम छ । फागुन १९ उमेदवारी मनोनयन र २० गते निर्वाचन प्रकृया सुरु हुने काँग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया