×

काठमान्डौ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु नवलपुर- काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा विद्यार्थी नेता सुनिल पाठक चयन भएका छन् ।राजधानीको त्रिचन्द्र कलेजमा आज सम्पन्न मञ्जको दोस्रो अधिवेशनबाट पाठकको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

विद्यार्थी नेता पाठक नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजममा स्नातकतह दाेस्रो वर्षमा अध्ययनरत छन । मञ्चकाे अध्यक्षमा चयन भएपश्चात पत्रकारसँग कुरा गर्दै नेता पाठकले अखिललाई बलियाे र शसक्त बनाउन आफ्नाे कार्यकालमा थय याेजनासहित अघि बढ्ने बताए ।

तपाईको प्रतिक्रिया