×

गैँडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था गैँडाकोटले नवलपरासी (पूर्व)को कावासोतीमा सेवाकेन्द्र विस्तार गरेको छ ।कावासोती नगरपालिका वडा नं. १२ पिठौलीमा २६औं सेवाकेन्द्रको रुपमा पिठौली सेवाकेन्द्र सञ्चालनमा ल्याइएकाे किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरी चालिसेले जानकारी दिनुभयाे ।

एशीयाली ऋण महासंघबाट गुणस्तरीय चिन्ह प्राप्त गर्न सफल किसान साकोसले विगत २५ वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको छ ।
नवलपुर सहित तीनवटा जिल्लामा सेवा उपलव्ध गराउँदै किसानका ७५ हजारभन्दा बढि सदस्यहरु छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिक सम्मान, युवा सम्मान, महिला शसक्तीकरण, सिपमुलक तालिम लगायतका किसानका कामहरु समाजमा लोकप्रिय छन् ।

तपाईको प्रतिक्रिया