गैँडाकोट । सन्तानको रहर पुरा भएका दम्पतीहरुका लागि पूर्वि नवलपरासीको गैँडाकोटमा भोलि( शुक्रबार) निशुल्क स्थायी बन्ध्याकरण शिविर हुने भएको छ । कार्तिक ३० गतेदेखि जिल्लाको बौदीकाली गाउँपालिकाको रकुवा प्राथमिक स्वास्थ्य केन्द्रबाट सुरु भएको स्थायी बन्ध्याकरण शिविर अन्तर्गत भोलि गैँडाकोट नगर अस्पताल पितौजीमा निशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।
बौदीकालीमा र बुलिङटारमा २ २ जना पुरुषले स्थायी बन्ध्याकरणको सेवा लिएका छन् भने बुलिङटारमा एकजना महिलाले परिवार नियोजनको सेवा लिएको कार्यालयले जनाएको छ ।जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार जिल्लाका सवै स्थानीय तहहरुमा निशुल्क स्थायी बन्ध्याकरण हुने भएको हो । कार्तिक ३० गतेदेखि सुरु गरिने शिविर मंसिर ९ गते सकिने छ ।विनयी त्रिवेणी गाँउपालिकाको त्रिवेणी स्वास्थ्य चौकीमा गरिने शिविरको मिति पछि तय गरिने कार्यालयले जनाएको छ ।



उज्यालो खबर




