×

शिबरात्रीमा पटिहानीमा पदमोदय भलिवल महाशिवरात्रीको अवसर पारेर यसपटक पनि पटिहानीमा भलिबल प्रतियोगिता हुने भएको छ । बिगत लामो समयदेखि भलिबल प्रतियोगिता हुँदै आएको भरतपुर २२, पदमपोखरीमा अवस्थित न्यू पदमोदय युवा क्लवको आयोजनामा यहीँ फाल्गुन १ गतेदेखि क्लव परिसरमा पदमोदय खुल्ला नकाउट भलिबल प्रतियोगिता २०८२ हुन लागेको हो ।

चितवनका १४ टिमले सहभागिता जनाउने प्रतियोगितामा बिजेताले नगद रु. ५० हजार, उपबिजेताले नगद रु.३० हजार र सेमिफाईनलिष्ट दुई टिमले नगद रु. १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष बिशाल भण्डारीले जानकारी दिए ।

फाल्गुन ३ गतेसम्म संचालन हुने प्रतियोगिताको प्रवर्द्धकको रूपमा भरतपुर महानगरपालिका, २२ नम्बर वडा कार्यालय र सहयोगी संस्थाको रूपमा पटिहानी खेलकुद बिकास समिति रहेको छ ।

तपाईको प्रतिक्रिया