–अमृत घिमिरे
उडेको बाफसँगै मिठो सुवास आउँछ,
मुटु नै उसैमा हराएर खास आउँछ।
सुर्पीले जगाउँछ आनन्दको लहर,
मन त चियामै रमाएर पास आउँछ।
डाक्टर भन्छन्, अब त कम गर्नु पर्छू,
पेटले जवाफ दिन्छ, अर्को गिलास आउँछ।”
थर्मस बोकेर हिड्दा दिन रमाइला,
साथीभन्दा पहिला चिया प्रकाश आउँछ।
किन हो कुन्नि, हरेक स्वादका भीडमा,
मन चियामै झुम्ने बानी झन नास आउँछ।




















उज्यालो खबर











