
गैँडाकोट । गैँडाकोट वाड नं. १ मा रहेको नवदुर्गा आधारभूत विद्यालयमा शुक्रबार विद्यार्थीहरुको नेत्र परीक्षण गरिएको छ । लायन्स क्लब अफ गैँडाकोट मौलाकालिका लिलिको आयोजनामा भएको निःशुल्क आँखा परीक्षण शिविरमा ७० जना विद्यार्थीहरु लाभान्वित भएका छन् ।
यसमध्ये ४ जना विद्यार्थीलाई भरतपुर आँखा अस्पताल रिफर गरिएको लायन्स क्लब अफ गैँडाकोट मौलाकालिका लिलिका अध्यक्ष कविता बरुवालले जानकारी दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि डिष्ट्रिक एक्ज्युक्युटिभ चिफ राजेन्द्र गौतम रहनुभएको थियो ।
आँखा शिविरमा लायन्सकर्मीहरु कृष्ण पाण्डे, गोपाल गौतम, चिन्तामणि कंडेल सिआर, भरतपुर आँखा अस्पतालका प्रतिनिधि डा. सुभास सापकोटा लगायतको उपस्थिति रहेको थियो । शिविरमा नेत्रज्योती संघ भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।
तस्विर : अम्बिका लम्साल