×

गैँडाकोट – नवलपुरको गैँडाकोटमा महिलाहरुको स्तन परिक्षण, पाठेघरको मुखको क्यान्सर जाँच तथा आङ खस्ने समस्याको निःशुल्क स्क्रिनिङ शिविर आइतबार सम्पन्न भएको छ ।

गैँडाकोट नगरपालिकाको आयोजनामा गैँडाकोट वडा नं. १ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा भएको शिविरमा ६४ जना महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा स्वास्थ्य परिक्षण गरिएका ६४ जना महिलाहरुमध्ये ४ जना शंकास्पद विरामीहरुलाई थप परिक्षण र उपचारको लागि भरतपुर अस्पताल रिफर गरिएको उहाँले जानकारी दिनुभयो ।शिविरमा गैँडाकोट स्वास्थ्य चौकीका तालिम प्राप्त स्वास्थ्यकर्मीहरु सिता रिजाल, मिना पौडेल, दुर्गा गौतम, तुलसी कंडेल लगायतले स्वास्थ्य परिक्षण गर्नुभएको थियो ।

गैँडाकोट नगरपालिका वडा नं. १ का अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीको अध्यक्षतमा भएको शिविरमा वडा सदस्यहरु सिता सापकोटा, प्रेमकुमारी बिके र चेलीमाया सारु मगर अतिथिको रुपमा रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया