×

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको नगरको एकमात्र “क” वर्गको गैँडाकोट ईङ्लिस स्कुलले नगरस्तरीय आधारभूत तहको बार्षिक परिक्षामा सतप्रतिशत नतिजा हाँसिल गरेको छ । चैत्र ४ गतेदेखि १० गतेसम्म लिइएको आधारभूत तहको (बीएलई) परिक्षामा सहभागि ६१ जना विद्यार्थीहरु उर्तिण भएको स्कुलले जनाएको छ ।
गैँडाकोट ईङ्लिस स्कुलका प्राचार्य हिरालाल अर्यालले कक्षा ८ को बार्षिक परिक्षामा सहभागि भएका ६१ ज्ना विद्यार्थीहरु सबै उर्तिण भएको उज्यालो खबरलाई जानकारी दिनुभयो ।
उतिर्ण भएका विद्यार्थीहरु मध्ये २३ जनाले ३.६ देखि ४ जीपीए, २९ जना विद्यार्थीले ३.२ देखि ३.६ र ९ जना विद्यार्थीहरुले २.८ देखि ३.२ जीपीए प्राप्त गरेका छन् । गैँडाकोट नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय गरि ३६ वटा विद्यालयहरु सहभागि भएकोमा ३५ विद्यालयहरुलाई उछिन्दै गैँडाकोट ईङ्लिस स्कुलले रेर्कड ब्रेक गर्न सफल भएको हो ।

गैँडाकोट क्षेत्रका संस्थागत विद्यालयहरु मध्ये युनिक इङ्लिस बोडिङ स्कुलका ८ जना अम्मर ईङ्लिस सेकेन्डरी बोडिङ स्कुलका २ जना विजय सामुदायिक शिक्षा सदनका १३ जना, गैँडाकोट नमुना माविका ८ जना, सरस्वती निकेतनका ९ जना, साइनिङ बोडिङ इङ्लिस स्कुलका ९ जना, बालबिकास इङ्लिस बोडिङ स्कुलका १३ जना, कन्टीनेन्टल इङ्लिस बोडिङ सेकेन्डरी स्कुलका ३ जना ,अक्सफोर्ड सेकेन्डरी स्कुलका २ जना, ज्ञानकुन्ज इङ्लिस बोडिङ सेकेन्डरी स्कुलका ५ जना, स्मर्लहर्ट एकेडेमीका १ जना, सूर्योदय विद्या मन्दिरका ३ जना,मुकुन्दसेन बोडिङ स्कुलका ५ जना र किड्स होम एकेडेमीका ३ जना विद्यार्थीहरु अनुतिर्ण भएका छन् ।

आधारभूत तह (कक्षा ८) को बार्षिक परिक्षामा १५३६ जना विद्यार्थीहरु सहभागि भएकोमा ४५९ जना विद्यार्थीहरु अनुतिर्ण भएका छन् । २ विषय सम्म लागेका विद्यार्थीहरु बैशाख १३ र १४ गते सञ्चालन हुने ग्रेडबृद्धि परिक्षामा सहभागि हुन पाउने गैँडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख डा.बालकृष्ण चापागाइले बताउनुभयो ।

तपाईको प्रतिक्रिया