×

गोविन्द घिमिरे

गैँडाकोट । पूर्वी नवलपरासीका एकलाख २२ हजार बालबालिकाहरुलाई दादुरा- रुवेला विरुद्धको खोप लगाईने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका अनुसार जिल्लाका ९ महिना पुरा भै १५ वर्ष उमेर नपुगेका करिव एकलाख २२ हजार बालबालिकाहरुलाई दादुरा- रुवेलाको खोप लगाइन लागेको हो ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्तिनाथ भट्टराईका अनुसार फागुन १३ गतेदेखि  २० गतेसम्म र फागुन २० गतेदेखि  २७ गतेसम्म दुई चरणमा दादुरा – रुवेला विरुद्धको खोप लगाइन लागेको हो ।पहिलो चरणममा जिल्लाको गैँडाकोट नगरपालिका, बुलिङटार गाउँपालिका र बौदीकाली गाउपालिकाका बालबालिकाहरुलाई खोप लगाइने छ भने दोस्रो चरणमा देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका, हुप्सेकोट गाउपालिका र विनयी त्रिवेणी गाउपालिकामा खोप लगाउने कार्यक्रम छ ।

दादुरा रुवेला विरुद्धको खोपलाई प्रभावकारी बनाउन स्वास्थ्य कार्यालयलले जिल्लाभर सातसय स्वास्थ्यकर्मी (खोप कार्यकर्ता) खटाएको छ भने एकहजार चारसय जना स्वयंमसेवकलाई तालिम दिएर तयारी अवस्थामा राखिएको छ ।जिल्लाका सातसय खोपकेन्द्र मार्फत बालबालिकाहरुलाई दादूरा रुवेला विरुद्धको खोप लगाइने कार्यक्रम छ अधिकास खोपकेन्द्रहरु जिल्लाका सामुदायिक र संस्थागत विद्यालयहरुमा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दादुरा–रुबेला खोप नलगाएका अन्धोपन हुने, पखाला लाग्ने, कान पाक्ने, न्यूमिनिया हुने इन्सेफलाइटिस हुने, कम्पन्न हुने तथा बालबालिकाको मृत्युसमेत हुनसक्ने भएकाले नियमित रुपमा खोप लगाउनुका साथै छुटेका बालबालिकालाई समेत अनिवार्य खोप लगाउनुपर्ने स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया