×

गैँडाकोट । नियमित मर्मत सम्भारका लागि भन्दै मौलाकाली केबलकार दिउसो २ वजेदेखि एकसाताका लागि बन्द हुने भएको छ ।फागुन ८ गते मंगलबार देखि फागुन १६ गतेसम्म विहान ६ वजेदेखि दिउसो २ वजेसम्म केबलकार सञ्चालन हुने मौलाकाली केबलकार प्रालीले जनाएको छ ।मौलाकाली केबलकार लिमिटेडले आज एक सूचना जारि गर्दै शनिबार भने विहान ६ वजेदेखि साँझ ६ वजेसम्म नै सेवा नियमित रुपमा सुचारु हुने जनाएको छ ।

गैंडाकोटमा अवस्थित पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिरसम्म जाने सहज माध्यम बनेको मौलाकाली केवलकार गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो । शुरुवातदेखि हालसम्म २ लाख ५० हजारभन्दा धेरै दर्शनार्थीले केवलकार यात्रा गरिसकेका छन् ।

यो केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ । यहाँ कुल १२ गोन्डुला छन् । एउटा गोन्डुलामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ । फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ ।

तपाईको प्रतिक्रिया