×

गैँडाकोट । नवलपुरको गैँडाकोट इङ्लिस स्कुल र रोटरी क्लब अफ गैँडाकोटको संयुक्त आयोजनामा निशुल्क दन्त परिक्षण शिविर आयोजना हुने भएको छ ।फागुन ७ गते (सोमबार) विहान १० वजेदेखि दिउसो १ वजेसम्म गैँडाकोट वडा नं. २ मा रहेको स्कुलको नयाँ ब्लकमा दन्त परिक्षण कार्यक्रम आयोजना गरिएको स्कुलले जनाएको छ ।

गैँडाकोट इङ्लिस स्कुलका प्राचार्य हिरालाल अर्यालले विद्यार्थी अभिभावक तथा सर्वसाधरण सबैका लागि निशुल्क रुपमा दन्त परिक्षणको  व्यवस्था मिलाइएको हो ।विहान १० वजेदेखि दिउसो १ वजेसम्म विद्यालय प्राङगणमा आएर व्यक्ति स्वंयम्ले आफ्नो नाम दर्ता गरेर दन्त परिक्षण शिविरमा सहभागिता जनाउन सक्नेछन् ।

दन्त परिक्षणको प्राविधिक सहयोग गैँडाकोट डेन्टलले गरेको उहाँले बताउनुभयो । गैँडाकोट नगरपालिका भित्र “क” बर्गको एकमात्र संस्थागत विद्यालय गैँडाकोट इङ्लिस स्कुलले सामाजिक उत्तरदायित्व बेलाबखत स्वास्थ्य सँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया