×

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजका विद्यार्थीहरुले चितवनको एक सरकारी विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेका छन् ।कलेजका बिबिए सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको आयोजना तथा कलेजको समन्वयमा खैरहनी नगरपालिका वडा नं. ४ मा रहेको राष्ट्रिय आधारभूत विद्यालयका १०० जना विद्यार्थीहरुलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो ।

कलेजका बिबिए विभाग प्रमुख डा. मधुसुदन लामिछानेका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत सो विद्यालयका विद्यार्थीहरुलाई कापी, कलम,स्कीपीङ, ब्याडमिन्टन, भलिवल, चेस, भलिवल लगायतका शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरिएको हो ।

शैक्षिक तथा खेलकुद सामाग्री सहयोग कार्यक्रममा खैरहनी नगरपालिका वडा नं. ४ का अध्यक्ष बेद बहादुर अधिकारी, अक्सफोर्ड कलेजका सहायक प्रचार्य तिलकराम रिमाल, बिबिए विभाग प्रमुख मधुसुनद लामिछाने, विद्यार्थीहरु सबिन ढकाल, युगल पाठक लगायतले मन्तव्य राख्नु भएको थियो ।

यसअघि पौष २९ गते बिबिए तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले गोरखा जिल्लाका तीनवटा सरकारी विद्यालयहरुमा शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गरेका थिए । नवलपुर र यस आसपासको क्षेत्रमा अक्सफोर्ड कलेजले विभिन्न सामाजिक कृयाकलापहरुमा आफ्नो उपस्थिति र सहयोगलाई निरन्तरता दिदै आएको छ ।

 

 

तपाईको प्रतिक्रिया