गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा प्रहरीले गैँडाकोटमा ‘ स्वीप अपरेशन’ सुरु गरेको छ ।प्रहरीले सुरु गरेको यो अपरेशन विशेष गरि लागुऔषध नियन्त्रण गरि सभ्य समाज निर्माणका लागि भएको जनाएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटले नगरका १८ वटै वडाहरुमा पुगेर लागुऔषधलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर गहिरो अध्ययन समेत गरेको छ ।
स्थानीय संघसंस्था तथा सामुदायिक सेवाकेन्द्रसँग मिलेर लागुऔषध नियन्त्रण, आत्महत्या न्यूनिकरण, सवारी दुर्घटना तथा घरेलु हिसा नियन्त्रणका लागि लघु सचेतना कार्यक्रम चलाइएको प्रहरी निरीक्षक हस्तबहादुर सुनारले बताउनुभयो ।उहाका अनुसार नगरका विभिन्न वडाहरुमा पुगेर सार्वजनिक स्थानहरुमा स्थानीयहरुलाई राखेर लघु सचेतना कार्यक्रम चलाइएको छ भने सचेतनामूलक कुराहरुरु लेखिएको पर्चा समेत वितरण गरिएको छ ।
यसैविच इलाका प्रहरी कार्यालय गैँडाकोटले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. २ एसपीएम कलेज नजिकैबाट २८ वर्षका बिनोद भट्टराई र २३ वर्षका सुरेश परियारलाई पक्राउ गरेको हो । सादा पोशाकमा खटिएको प्रहरीको टोलीले शंका लागेर चेकजाँच गर्दा उनिहरु पक्राउ परेका हुन् । उनिहरुको साथबाट फेनरागान २९ एम्पुल, डाइजेपाम ३० एम्पुल र आइपीपीएल २९ एम्पुल बरामद गरिएको छ ।




उज्यालो खबर




