
गैँडाकोट । नवलपुरमा जापानिज इन्सेफलाइटिसबाट एक महिलाको मृत्यु भएको । नवलपुरको कावासोती नगरपालिका वडा नं. २ निवासी ६६ वर्षीया महिलाको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार यस आर्थिक वर्षमा दुईजनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र एकजनाको निधन भएको हो । जापानिज इन्सेफलाइटिसका कारण विरामी भएकी देवचुली नगरपालिका वडा नं. १७ निवासी १५ बर्षिया बालिकाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।
लामखुट्टेको टोकाइबाट लाग्ने रोग जापानिज इन्सेफलाइटिस भाइरस भएको जनावर सुँगुर वा जलपक्षीलाई टोकेर त्यही लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग मानिसमा सर्ने गर्दछ। गतवर्ष नवलपुरमा जापानिज इन्सेफलाइटिसका कारण पाँचजनाको ज्यान गएको थियो ।