गैँडाकोट । नेपालगञ्जबाट काठमान्डौ जान आउदै गरेको नाइटबस नवलपरासीको बर्दघाटमा दुर्घटनाहुँदा ७ यात्रु घाइते भएका छन् ।
बर्दघाट नगरपालिका वडा नं. ४ बर्दघाट बजारमा विहान पौने ५ वजे भे १ ख ९०११ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
४० यात्रु बोकेर आएको बस सडक किनारमा पल्टदा ७ यात्रु घाइते भएको र उनिहरुको चिसापानी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै बसका चालक फरार रहेका छन् उनको खोजिकार्य भैरहेको छ ।
प्रहरीका अनुसार बस दुर्घटनाका घाइतेहरु निम्न अनुसार छन् ।
१. जिल्ला बाके कोहलपुर न.पा. ११ बस्ने बर्ष ६८ को जुद्ध बुढाथोकी भित्री चोट अवस्था समान्य ।
२. ऐ.ऐ. बस्ने बर्ष अं.२८ कि अनु चन्दको शरिरको भित्र भागमा चोट अवस्था समान्य ।
३. जिल्ला बाके नेपालगंज उ.म.न.पा. १७ बस्ने बर्ष ४० को राजिव चौधरीको बाँया कुम र कोखमा चोट अवस्था सामान्य ।
४. जिल्ला बाके नेपालगंज उ.म.न.पा. १० बस्ने बर्ष अं. ५८ को अमर ब. बुढा मगर बांया कुममा भित्री चोट, अवस्था सामान्य ।
५. जिल्ला बर्दिया बर्दिया न.पा. ५ बस्ने बर्ष अं. ७३ को डिल्ली राम थारूको छातीमा भित्र चोट, अवस्था सामान्य ।
६. जिल्ला बर्दिया राजापुर न.पा.– २३ बस्ने बर्ष अं. २३ को बिमल चौधरीको शरिरमा भित्री चोट अवस्था सामान्य ।
७. जिल्ला बर्दिया मधुवन न.पा. ५ बस्ने बर्ष अं. १९ कि बिनिता मल्लको टउको र शरिरमा भित्री चोट अवस्था सामान्य



उज्यालो खबर




