×

गैँडाकोट । भैँसी /पाडा बोकेर आउदै गरेको ट्रक नवलपुरमा दुर्घटनामा परेको छ । ३६ वटा भैसी पाडा बोकेर पश्चिमबाट पूर्वतर्फ जान आउदै गरेको ना ४ ख ९२२७ नम्बरको ट्रक कावासोती नगरपालिका वडा नं. १६ चालिसकिलो जंगलमा दुर्घटना हुदा १७ वटा भैँसी /पाडा मरेको प्रहरीले जनाएको छ ।
विहान सवा ६ वजे सडकमा रहेको खाल्डोमा पर्दा ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा परि मृत्यु भएका पाडाहरुलाई खाडल खनेर ब्यवस्थापन गर्नेतर्फ समन्वय भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया