×

गैँडाकोट । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो संघले भदौ २७ देखि ३१ गते सम्म ११ औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजना गर्दै छ ।

सो प्रतियोगिताको लागि नवलपुरबाट विभिन्न तौल समुहका ४५ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने नेपाल तेक्वान्दो संघ नवलपुरका अध्यक्ष भूमिश्वर भूसाल (राजु) ले जानकारी दिनुभयो । प्रतियोगिता सातदोबाटो स्थित संघको आफ्नै हलमा हुनेछ ।

अध्यक्ष भूसालका अनुसार नवलपुरको कावासोती तेक्वान्दो डोजाङबाट १७ जना, गैँडाकोट तेक्वान्दो डोजाङबाट ५ जना, सरस्वती पीसबाट १० जना, वाङ्गसु डोजाङबाट ७ जना र नवलपुर डोजाङबाट ६ जना गरी ४५ जनाले जनाले प्रतियोगितामा भाग लिने भएका हुन् । प्रतियोगितामा भाग लिन जाने सबै खेलाडीहरुलाई नियमित प्रशिक्षणमा राखिएको समेत उहाँले बताउनुभयो ।

प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीका गरी तीन विभागीय टोलीका साथै नेपाल तेक्वान्दो संघमा आबद्ध रहेका नेपालभरिका सम्पूर्ण तेक्वान्दो तालिम केन्द्रका खेलाडी र वाह्य देशका खेलाडीहरुको सहभागिता रहने छ ।

तपाईको प्रतिक्रिया