गैँडाकोट । पूर्वी नवलपरासीमा तेक्वान्दो खेलको विकास गर्ने उदेश्यले जिल्लाका तीनवटा पालिकाहरुमा नेपाल तेक्वान्दो संघ मातहत रहने गरि नगरस्तरीय तेक्वान्दो विकास समिति गठन गरिएको छ ।तेक्वान्दो खेलप्रति सर्वसाधरणको रुची बढाउने तथा स्थानीय तहमा खेलको माध्यमबाट अनुशासीत र स्वच्छ जनशक्ति निर्माण गर्ने उदेश्यले समिति गठन गरिएको नेपाल तेक्वान्दो संघ नवलपुरका अध्यक्ष भूमीश्वर भूसाल (राजु)ले जानकारी दिनुभयो ।
जिल्लाका गैँडाकोट, कावासोती र मध्यविन्दु नगरपालिकामा नगरस्तरीय तेक्वान्दो विकास समिति गठन गरिएको हो । शनिवार कावासोती र मध्यविन्दु तथा आइतबार गैँडाकोटमा तेक्वान्दो विकास समिति गठन गरिएको छ ।
नेपाल तेक्वान्दो संघ नवलपुरका अध्यक्ष भूमिश्वर भूसाल (राजु)को अध्यक्षता तथा नगर खेलकुद विकास समिति गैँडाकोटका उपाध्यक्ष लक्ष्मण कार्कीको प्रमुख आतिथ्यतामा भएको भेलाले रोजन घिमिरेको अध्यक्षतामा आगामि चारवर्षका लागि ९ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।नवगठित कार्यसमितिको उपाध्यक्षमा समिर क्षेत्री, सचिवमा मुनु थापा, कोषाध्यक्षमा सिजन भण्डारी र सदस्यहरुमा समिर बानिया, सुलभ तामाङ, मनिस महतो, दिक्षा महतो र मुनाल आले रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर खेलकुद विकास समिति गैँडाकोटका उपाध्यक्ष लक्ष्मण कार्कीले आइतबार गैँडाकोटमा गठन भएको तेक्वान्दो विकास समिति गैँडाकोट नगरपालिकाको नयाँ खेलकुद ऐन अन्र्तगत गठित पहिलो संघ भएको बताए । तेक्वान्दो खेलाडी र प्रशिक्षकहरुको क्षमता विकासका लागि नगर खेलकुद विकास समितिको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे। कार्यक्रममा नेपाल तेक्वान्दो संघ नवलपुरका उपाध्यक्ष नविन गुरुङ, सचिव साजन तामाङ र कोषाध्यक्ष विष्णु महतोको उपस्थिति रहेको थियो ।




उज्यालो खबर




