गैँडाकोट । नमुना शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गैंडाकोटको अध्यक्षमा जयराम कँडेल चयन भएका छन् । निर्वाचन समितिका संयोजक छत्रराज पौडेलका अनुसार सबैको सहमतिका आधारमा कंडेललाई अध्यक्ष बनाइएको हो ।
त्यसैगरी कार्यसमितिको उपाध्यक्षमा उपाध्यक्षमा जोगमाया सुनारी मगर, सचिवमा प्रकाश भुषाल, कोषाध्यक्षमा कुशल जेज अधिकारी, सह सचिवमा जङ्गबहादुर थापामगर चयन भएका छन् ।त्यसैगरी सदस्यहरुमा त्यस्तै गरि सदस्यहरु नेत्रराज सापकोटा, लक्ष्मीप्रसाद चौधरी, लक्ष्मीप्रसाद कंडेल, नन्द प्रसाद गैरे,ईश्वरीप्रसाद चापागाईं, माया दराई, भद्रकली घर्तीमगर र विमला परियार चयन भएका छन् ।
लेखा समिति संयोजकमा ईन्द्रमणी चालिसे सदस्यहरुमा नन्दलाल कंडेल र तारा कंडेल चयन भए । १९६२ जना उपभोक्ताहरु रहेको नमूना शिवनगर खानेपानी तथा सरसफाई उपभोक्ताको संस्थाले गैँडाकोटको ६,७,८ र ९ नं वडामा पिउनेपानी उपलव्ध गराउँदै आएको छ ।




उज्यालो खबर




