गैँडाकाेट ।  नेकपा एमाले गैंडाकोटले नगरका १८ वडाहरु मध्ये ११ वडाबाट उठ्ने वडाध्यक्षका उम्मेद्धवारको टुंगो लगाएको छ । नगरपालिकाका ११ वटा वडाबाट छलफल गरी वडाध्यक्षका उम्मेद्धवारको टुंगो लगाइएको हाे ।

अहिले सम्म उम्मेद्धवारको टुंगो लाग्नेमा वडा नं १ बाट धुव्र अधिकारी, वडा नं २ बाट देशवन्धु सिग्देल, वडा नं ४ बाट दिनेशराज न्यौपाने, वडा नं ५ बाट नवराज कंडेल, ९ बाट नेत्रराज सापकाेटा, वडा नं ११ बाट गोविन्द सुवेदी, वडा नं १२ बाट चक्रपाणी कंडेल, वडा नं १४ बाट कोकिसरा राना, वडा नं १५ बाट खेम नारायण लम्साल, वडा नं १६ बाट रामकुमार पाण्डे, वडा नं १७ बाट बिष्णु बहादुर घर्ती रहेका छन् ।

अब वडा नं ३, ६,७, ८, १०, १३ र १८ बाट वडाध्यक्षको टुंगो लगाउन बाकि छ । यी वडाहरुमा पनि सर्वसम्बत रुपमा छलफलबाट टुंगो लगाउने प्रयास  भैरहेकाे छ ।

तपाईको प्रतिक्रिया