काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकता नाइट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा बैंगलोरले कोलकतालाई ३ विकेटले हराउँदै पहिलो जित निकालेको छ ।

कोलकताले दिएको १ सय २९ रनको लक्ष्य बैंगलोरले १९ ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो । बैंगलोरका शेर्फान रुथरफोर्डले सर्वाधिक २८ तथा शाहबाज अहमेदले २७ रन बनाए । कोलकताका टिम साउथीले ३ तथा उमेश यादवले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोलकताले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय २८ रन बनाएको थियो ।

बैंगलोरका वानिन्दु हसरंगाले ४ विकेट लिए । त्यस्तै आकाश दीपले ३ र हर्सल पटेलले २ विकेट लिए । जितसँगै बैंगलोरले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा बैंगलोरलाई पन्जाब किङ्सले ५ विकेटले हराएको थियो । कोलकताको यो पहिलो हार हो । पहिलो खेलमा कोलकताले चेन्नई सुपर किङसलाई ६ विकेटले हराएको थियो ।

तपाईको प्रतिक्रिया