काठमाण्डौ – विश्वको सबैभन्दा पुरानो टेस्ट क्रिकेट प्रतियोगिता एसेस आजदेखि अष्ट्रेलियामा शुरु हुँदै छ । ४२ दिनसम्म चल्ने एसेसमा पाँच टेस्ट खेलिने छ ।

अस्ट्रेलिया र इंग्ल्यान्डबीच हुने यो प्रतियोगितालाई भारत र पाकिस्तानबीच हुने खेल जस्तै सामरिक महत्वले हेरिन्छ । अस्ट्रेलिया टिमका नयाँ कप्तान प्याट कमिन्सका साथमा खेल्नेछ । सन् १८८२ यता एसेस सिरिजमा तीन सय ३९ पटक इंग्ल्यान्ड र अस्ट्रेलिया एक अर्का विरुद्ध खेलेका छन् । जसमा अस्ट्रलेलियाले एक सय ३६ पटक इंग्ल्यान्डलाई पराजित गरेको छ ।

इंग्ल्यान्डले एक सय आठ पटक जितेको छ भने ९१ खेल बराबरीमा सकिएको छ । एक सय ३७ वर्षे एसेस इतिहासमा ७१ सिरिज भएका छन् । जसमा ३३ पटक अस्ट्रेलियाले र ३२ पटक इंग्ल्यान्डले सिरिज जितेका छन् ।

तपाईको प्रतिक्रिया