गोविन्द रिमाल

नवलपुर । शिक्षा, युवा तथा खेलकूद शाखा गैंडाकोटको आयोजनामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत गैंडाकोटका १० ओटा विद्यालयलाई सरसफाई र सचेतना सम्बन्धी सामग्री प्रदान गरिएको छ । यस क्रममा गैंडाकोट ७ मा अवस्थित श्री नारायणी मावि लाई सरसफाई र सचेतना सम्बन्धी सामग्री हस्तान्तरण गरिएको हो । शिक्षा शाखाका अधिकृत मोतीप्रसाद रिजाल र पोषण कार्यक्रमका संयोजक गोपीकृष्ण भुषालको उपस्थितिमा सो सामग्री हस्तान्तरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चोलानाथ उपाध्याय, सदस्य बालुराम कुमाल र उमादेवी सापकोटा, विद्यालयका प्र।अ। मिलन श्रेष्ठ लगायत शिक्षकहरुको उपस्थिति रहेको सो अनुशिक्षण कार्यक्रममा बालविवाह न्युनीकरण सचेतना, पोषण तथा सरसफाइ र कोभिड सचेतनासम्बन्धी अनुशिक्षण कार्यक्रमसमेत सम्पन्न गरिएको छ । विद्यालयहरुलाई करिब १० हजार बराबरका सुरक्षा र सरसफाइसम्बन्धी सामग्री उपलब्ध गराइएको जानकारी अधिकृत मोतीप्रसाद रिजालले दिनुभयो ।

कार्यक्रमले शिक्षकबाट विद्यार्थी, विद्यार्थीबाट अभिभावकसम्म चेतना अभिवृद्धिमा सहयोग पुग्ने बहुक्षेत्रीय पोषण कार्यक्रम संयोजक गोपीकृष्ण भुषालले बताउनुभएको छ । कार्यक्रमले गैंडाकोटमा रहेका पञ्चकन्या आधारभूत विद्यालय, भाग्योदय आधारभूत विद्यालय, नारायणी मावि, रत्नराज्यलक्ष्मी मावि, अमरज्योति मावि, बालउदय आधारभूत विद्यालय, लक्ष्मी मावि, जनशक्ति आधारभूत विद्यालय, पञ्चज्योति आधारभूत विद्यालय र जनता मावि समेटिएको जानकारीसमेत उहाँले गराउनुभयो ।

तपाईको प्रतिक्रिया