×

काठमाडौँ । सिनामंगलको सूर्य ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थलबाट पुगेका १२२ जनालाई फर्काइएको छ।विभिन्‍न देशमा जानका लागि सूर्या ल्‍याबबाट पुगेका यात्रुहरुलाई एयरलाइन्सले विमानस्थलबाट फर्काएका हुन् ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख राजनाथ बास्तोलाले भने, ‘हिजो सूर्या ल्याबमा छापामा मारेर नक्कली पीसीआर रिपोट बनाएको खुलेपछि एयरलाइन्सले त्यो ल्याबमा परीक्षण गराएका यात्रुहरुलाई ओरालेका छन् ।’मंगलबार महानगरीय अपराध महाशाखाले अप्रेशन चलाएर प्रयोगशालाका ६ कर्मचारीलाई पक्राउ गरेको थियो।

तपाईको प्रतिक्रिया