×

नवलपुर ।  पुर्वी नवलपरासीको दुम्कौली स्थित सिजी गल्फकोर्समा सम्पन्न नेपाल आइस गल्फ टुर्नामेण्टको उपाधि राजेन्द्र गौचनले हात पारेका छन ।शनिवार सम्पन्न गल्फ टुर्नामेण्टमा उनले ३९ अंक लिएर बिजेता बनेका हुन । त्यसैगरि उपबिजेताकोउपाधि राजु थकालीले हात पारेका छन । उनले ३७ अंक हात पारेका थिए ।

त्यसैगरि ग्रस विनर फिन्चोओंदी लामा भए । लंग्गेस्ट ड्राइभमा कालु घले , मोस्ट वर्डिजमा पेम्बा शेर्पा र क्लोजेष्ट टु द मेनको उपाधि रबिन्द्र तिवारीले हात पारेका छन । नेपाल आइस गल्फ टुर्नामेण्टमा २४ खेलाडि सहभागि थिए ।

उपाधि बिजेता र अन्य खेलाडिलाई मेडल र प्रमाणपत्र बितरण गरिएको सिजी गल्फ टुर्ना मेण्टका एम्पायर बसन्त गुरुंगले जानकारी दिए ।गण्डकी प्रदेश अन्तरगत पुर्वी नवलपरासीको दुम्कौली स्थित चौधरी उद्योग ग्राम भित्र सुबिधासम्पन्न गल्फ मैदान रहेको छ । यहा बर्षेनी स्वादेश बिदेशका गल्फरहरु खेल्न आउछन ।

तपाईको प्रतिक्रिया