Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

चितवन । चितवनमा आज र भोली दुई दिन १० घण्टा विद्युत आपूर्ती बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखाले एक सूचना जारी गर्दै मर्मत संभारका लागि दुई दिन विद्युत कटौती हुन लागेको जानकारी दिएको हो ।

हेटौंडा ग्रिड महाशाखा अन्तरगतको १३२र३३र११ केभि भरतपुर सब स्टेशनमा ११ केभी इन्कमर तथा बसकल्पर बदलेर क्षमता वृद्धि गर्नुको साथै आवश्यक मर्मत संभार गर्न परेको विद्युत कटौती गर्न लागिएको महाशाखाका इन्जिनियर राजु श्रेष्ठले जानकारी दिए ।

विद्युत प्राधिकरण भरतपुरका अनुसार शनिबार विहान ८ बजेदेखि साँझ ६ बजेसम्म र आइतबार पनि विहान विहान ८ बजेदेखि साँझ ६ बजेसम्म विद्युत कटौती हुनेछ ।

तपाईको प्रतिक्रिया