![](https://www.ujayalokhabar.com/wp-content/uploads/2021/02/sandeep_lamichhane_JfkEWrTGkn.jpg)
काठमाण्डौ –सन् २०२१ को इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको अक्सनका लागि नेपालका सन्दीप लामिछाने छानिएका छन् ।नेपाल क्रिकेट सङ्घ क्यानले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरे पनि उनी मात्रै छनौटमा परेका हुन् ।
अक्सन फेब्रुअरी १८ तारिखमा चेन्नईमा हुनेछ । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ ।सन्दीपले यसअघि आईपीएलको तीन संस्करणमा दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले बिहीवार आईपीएलमा सहभागी हुने खेलाडी र न्यूनतम मूल्य सार्वजनिक गरेको हो ।