Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको नारायणी ईंग्लिश पब्लिक स्कुलको कक्षा ८ मा अध्ययनरत छात्र सन्दिप पौडेल National scrabble champaionship को छैटौ संस्करण अन्तरर्गत शनिवार सम्पन्न प्रतियोगिताबाट प्रथम स्थानमा रहँदै अन्तरास्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन ।

Scrabble club Pokhara   को आयोजना र अर्किड स्कुल चितवनको सहजीकरणमा सम्पन्न प्रतियोगितामा विभिन्न जिल्लाबाट छनोट भई आएका २० जाना प्रतिस्पर्धीबाट १० जना छनौट हुन सफल भएका हुन । छनौट हुन सफल भएका प्रतियोगि आगामी जनवरीमा पाकिस्तानद्वारा आयोजना हुने International scrabble champainship 2021 मा प्रतिस्पर्धा गर्नेछन ।

अग्रेजी शब्द मिलाउने उक्त प्रतियोगितामा नारायणी पब्लिकको यो दोश्रो रास्ट्रिय सफलता रहेको नारायणी ईंग्लिश पब्लिकका अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाश सिग्देलले बताउनु भयो । उहाँका अनुसार गत बर्ष पनि यसै विद्यालयका सुदिप पौडेल अन्तरास्ट्रिय प्रतियोगिताको अन्तिम आठमा पर्न सफल भएका थिए ।

तपाईको प्रतिक्रिया